रिलायन्स फाइनान्सले एम्स कलेजमा सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम

<p>काठमाडौं । रिलायन्स फाइनान्स बुटवल शाखाको आयोजनामा वित्तिय साक्षरतका कार्यक्रम सम्पन्न भएको छ । फाइनान्सले एम्स कलेज बुटवलमा बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभुत ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको जनाएको छ । सो कार्यक्रममा करिब ११० जना विद्यार्थीको सहभागिता रहेको क्षेत्रीय प्रबन्धक शालिकराम पन्थीले जानकारी दिए । सो कार्यक्रममा नेपाली बैंकिङको सुरुवात, बचत तथा ऋणको [&hellip;]</p>

काठमाडौं । रिलायन्स फाइनान्स बुटवल शाखाको आयोजनामा वित्तिय साक्षरतका कार्यक्रम सम्पन्न भएको छ । फाइनान्सले एम्स कलेज बुटवलमा बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभुत ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको जनाएको छ ।

सो कार्यक्रममा करिब ११० जना विद्यार्थीको सहभागिता रहेको क्षेत्रीय प्रबन्धक शालिकराम पन्थीले जानकारी दिए ।

सो कार्यक्रममा नेपाली बैंकिङको सुरुवात, बचत तथा ऋणको व्यवस्थापन, ऋणको प्रयोग र उचित व्यवस्थापन, डिजीटल बैंकीग, रेमीटान्स प्रणाली लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

एम्स कलेजका प्रबन्ध निर्देशक गोपाल न्यौपानेकोे अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथीले वित्तिय साक्षरता कार्यक्रम गरेकोमा आभार प्रकट गरेका थिए ।

हाल यस फाइनान्सले देशभर २२ वटा शाखाबाट सेवा दिँदै आइरहेको छ ।

Share News