सचिवलाई नै लगेज बोक्न डोको चाहिएपछि…

<p>काठमाडौं । नेपाली हवाई उडानमा लगेज टुट्फुट तथा चोरीका घटनाहरु बाहिरिने विषय नौलो होइन । विभिन्न समयमा यात्रुहरुका लगेज (ब्यागेज) चोरी हुने, फुटाइने घटनाले धेरैलाई चिन्तित पनि बनाउँछ । अहिले नेपाल वायुसेवा निगमको यस्तै एक घटना बाहिरिएको छ । वायु सेवा निगमको जहाजमा यात्रा गर्दा निर्वाचन आयोगका सचिव गोकर्णमणी दुवाडीको लगेज फुटेको पाइएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाली हवाई उडानमा लगेज टुट्फुट तथा चोरीका घटनाहरु बाहिरिने विषय नौलो होइन । विभिन्न समयमा यात्रुहरुका लगेज (ब्यागेज) चोरी हुने, फुटाइने घटनाले धेरैलाई चिन्तित पनि बनाउँछ ।

अहिले नेपाल वायुसेवा निगमको यस्तै एक घटना बाहिरिएको छ । वायु सेवा निगमको जहाजमा यात्रा गर्दा निर्वाचन आयोगका सचिव गोकर्णमणी दुवाडीको लगेज फुटेको पाइएको छ ।

सचिव दुवाडीले सामाजिक सञ्जालमा लगेज फुटेको तस्बीर सार्वजनिक गर्दै नेपाल एयरलाइन्सलाई ‘मेन्सन’ गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्याे, यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला, मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्याे ।’

Share News