सांसद भण्डारीको उपचारमा सरकारले गर्याे ५६ लाख खर्च

<p>काठमाडौं । सरकारले सांसद चन्द्र भण्डारीको उपचारका लागि करिब ५६ लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भण्डारीको उपचारका लागि भारत लैजादा लागेको ५५ लाख ८८ हजार १६४ रुपैयाँ सरकारले ब्यहोरेको हो । फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत भारत लैजाँदा लागेको [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । सरकारले सांसद चन्द्र भण्डारीको उपचारका लागि करिब ५६ लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भण्डारीको उपचारका लागि भारत लैजादा लागेको ५५ लाख ८८ हजार १६४ रुपैयाँ सरकारले ब्यहोरेको हो ।

फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका थिए । सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो । फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ ।

फागुनमा ६४ लाख आर्थिक सहायता

सरकारले फागुन महिनामा सांसद भण्डारीसहित ४ जनालाई आर्थिक सहायता प्रदान गरेको छ । अर्थले सार्वजनिक गरेको तथ्यांक अनुसार चार जनालाई ६४ लाख ८८ हजार १६४ रुपैयाँ बराबरको आर्थिक सहायत प्रदान गरेको हो ।

सहायता रकम पाउनेमा भण्डारीबाहेक लमजुङका रामबाबु अधिकारी ३ लाख, सिराहाका विश्वेन्द्र पासवान ३ लाख र कालिकोटका संग्रामे सार्की ३ लाख रहेका छन् ।

यसअघि माघसम्म सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरिसकेको छ । जसमा पूर्वराष्ट्रपति रामवरण यादवदेखि भुटानी नेता टेकनाथ रिजालको उपचार खर्च समेत समावेश छ ।

Share News