आईएमई ग्रुपले अशोक लेलैण्डका गाडीहरु भोलिदेखि बिक्री गर्ने

<p>काठमाडौं, १३ भदौ । नाडा अटो शो २०७३ मा आईएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एलटी ईन्टरप्राईजेजले अशोक लेलैण्ड ब्राण्डका ठुला तथा साना रेन्जका कर्मशियल गाडीहरुको प्रर्दशनी भोलिदेखि गर्ने भएको छ। उक्त शोमा ‘यू२५१८ टिपर’ र लाइट कमर्सियल भेकल ‘दोस्त’ प्रर्दशनीमा राखिने कम्पनीले जनाएको छ। नेपालको बाटो सुहाँउदो र कम लगानीमै धेरै नाफा गर्न [&hellip;]</p>

ashok_lailad_vehiclesकाठमाडौं, १३ भदौ । नाडा अटो शो २०७३ मा आईएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एलटी ईन्टरप्राईजेजले अशोक लेलैण्ड ब्राण्डका ठुला तथा साना रेन्जका कर्मशियल गाडीहरुको प्रर्दशनी भोलिदेखि गर्ने भएको छ। उक्त शोमा ‘यू२५१८ टिपर’ र लाइट कमर्सियल भेकल ‘दोस्त’ प्रर्दशनीमा राखिने कम्पनीले जनाएको छ।

नेपालको बाटो सुहाँउदो र कम लगानीमै धेरै नाफा गर्न लगानीकर्ताहरुको मन जित्न सफल रहेको दोस्त एलसिभी सेग्मेन्टको ‘दोस्त प्यासेन्जर’ नामक अर्को एलसिभी गाडीको पनि यस नाडा अटो शो प्रर्दशनीेबाट कन्सेप्ट लन्च भएको छ । साथै, दोस्त प्यासेन्जर गाडीको बुकिङ्ग पनि शुरु गर्ने कम्पनीले जनाएको छ । त्यसैगरि अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्ट अन्तर्गतको नयाँ गाडी ‘सनसाइन’ स्कुल बसको पनि यस नाडा अटो शो प्रर्दशनीेबाट नेपालमा कन्सेप्ट लन्च भएको छ र यसको बुकिङ्ग पनि लिन शुरु गरिने कम्पनीले जनाएको छ ।

एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्डका कर्मशियल गाडीहरुको यूएसपि भनेकै यसका रेन्ज र प्रोडक्ट भेराइटी रहेको जानकारी गराए । नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु भित्रिने उनले बताए । उनका अनुसार विगतमा स्पेयरर्स र सर्भिसको समस्याले उत्पिडित ग्राहकहरुलाई सुलभ र सहज तरिकाले बिक्रि पछिको सेवा दिने प्रतिवद्वता आईएमई ग्रुपको रहेको छ ।

Share News