गृहमन्त्री खाणको प्रश्नः भैरहवा विमानस्थल ११ अर्बमा बन्ने, पोखरामा २५ अर्ब कसरी लाग्यो ?

<p>काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चिनियाँ सरकारको लगानीमा पोखरामा निर्माणधीन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रश्न उठाएका छन् । उनले सो विमानस्थल निर्माणमा लागेको लागतमा प्रश्न उठाएका हुन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्काे भएको बताए । उनले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध [&hellip;]</p>

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चिनियाँ सरकारको लगानीमा पोखरामा निर्माणधीन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रश्न उठाएका छन् । उनले सो विमानस्थल निर्माणमा लागेको लागतमा प्रश्न उठाएका हुन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्काे भएको बताए ।

उनले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सानो विमानस्थलको लागत झन्डै दोब्बर भएको भन्दै लागत पारदरर्शी नभएको बताए ।

‘म गृहमन्त्री छु, मैले यस्ले बनाएको राम्रो उसले बनाएको नराम्रो भन्न मिल्दैन, तर भैरहवा विमानस्थलको रनवे भन्दा कम रनवे (सानो विमानस्थ) बनाउन धेरै खर्च लागेको मैले बुझेको छु’, उनले भने, ‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ?

गृहमन्त्री भएकै कारण सार्वजनिक फोरमबाट उक्त विमानस्थलको नाम र लगानी गर्ने देशको नाम नलिने उनले बताए ।

‘नेपाल सरकार र एशियाली विकास बैंकको लगानीको मेरो गाउँको भैरहवा विमानस्थल ११ अर्बमा बन्ने त्यो विमानस्थलको लागत किन २५ अर्ब किन ?’ विमानस्थल निर्माणमा पनि आफ्नै ठेकदार मात्रै रहन पाउने प्रावधान प्रति उनले बिरोध गरे ।

यस्ता लगानी भन्दा एमसीसी निकै राम्रो र देश हितको आयोजना भएको खाणले बताए । उनले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह पनि गरेका छन् ।

उनले प्रेस फ्रिडम, मानव अधिकारको रक्षा र निर्वाचनको माध्यामबाट सरकार बनाउने मुलुकले मात्रै एमसीसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले देश र जनताको हित नहुने भन्ने प्रश्नै नउठ्ने तर्क समेत गरे ।

एमसीसी परियोजना घरघरमा बिजुली पुर्याउनका लागि ट्रान्समिसन लाईन बनाउने परियोजना भएको भन्दै गृहमन्त्री खाँणले त्यसमा कसरी राष्ट्रघात भयो भनि प्रश्न गरे । बिजुलीको ट्रान्समिसन लाईन बनाउने सो परियोजनाबाट अमेरिकी सेना र गोलाबारुद्ध नआउने उनले बताए ।

Share News