कुखुराको मासुको मूल्य इतिहासकै महँगो, केजीकै ४५०, यस कारण बढ्यो मूल्य

<p>काठमाडौं । नेपालमा कुखुराको मासुको मूल्य इतिहासकै महँगो भएको छ । हाल किसानको खोरदेखि उपभोक्तासम्म पुग्दा कुखुराको मासुको मूल्य साढे ४ सम्म पुगेको हो । जुन हालसम्मकै उच्च हो । अहिले सम्म कुखुराको मासुको मूल्य यति धेरै महँगो भएको थिएन । हाल प्रत्येक दिन कुखुराको मूल्यमा नयाँ रेकड भइरहेको छ । पहिले डेढ दुई सय [&hellip;]</p>

काठमाडौं । नेपालमा कुखुराको मासुको मूल्य इतिहासकै महँगो भएको छ । हाल किसानको खोरदेखि उपभोक्तासम्म पुग्दा कुखुराको मासुको मूल्य साढे ४ सम्म पुगेको हो । जुन हालसम्मकै उच्च हो । अहिले सम्म कुखुराको मासुको मूल्य यति धेरै महँगो भएको थिएन ।
हाल प्रत्येक दिन कुखुराको मूल्यमा नयाँ रेकड भइरहेको छ । पहिले डेढ दुई सय रुपैयाँमा पाइने कुखुराको मासु अहिले साढे ४ सय पुगेपछि उपभोक्ताहरु मारमा परेका छन् ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायीका अनुसार हाल काठमाडौंमा प्रतिकेजी बोइलर कुखुराको मूल्य ४ सय ३० रुपैयाँ मूल्य निर्धारण गरिउको छ । तर, उपभोक्ताहरुले भने सोही मूल्यमा पाइरहेको अवस्था छैन । अहिले उपभोक्ताले प्रतिकेजी कुखुराको मूल्य साढे ४ सयभन्दा बढी पनि तिर्नु पर्ने अवस्था छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले गत आइतबार बेलुकीबाट लागू हुने गरी कुखुराको मासुको प्रतिकेजी ४ सय ३० रुपैयाँ निर्धारण गरेको थियो । जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँँले बढ्दा मासुको भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघको आइतबार बसेको बैठकले जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३१० रुपैयाँ तोकेको थियो ।

बढेको मासुको मूल्य हालसम्मकै सबैभन्दा धेरै भएको संघले जनाएको छ । बजारमा मागको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएपछि जिउँदो कुखुराको मूल्य बढेको बेढेको संघको भनाई छ ।

यस अघि देशभर दैनिक झण्डै १० लाख किलो कुखुराको मासु उत्पादन एवं खपत हुँदै आएपनि अहिले उत्पादनमा ४० प्रतिशतसम्मले ह्रास आएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको दाबी छ । दशभरमा सबैभन्दा धेरै कुखुराको मासु खपत हुने सहर काठमाडौंलाई दैनिक साढे दुई लाख किलो तयारी मासुको आवश्यकता पर्दछ ।

कुखुराको मासुको मूल्य दैनिक बढ्दै गएपनि मूल्य बढे अनुसार किसानले भने पाइरहेका छैनन् । नोप ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेलका अनुसार अहिले कुखुरा नभएरै मूल्य बढेको बताए ।

‘किसानसँग कुखुरा छैन, डिमाण्ड बढी आपुर्ति कम भएपछि मूल्य बढ्ने नै भयो, अहिले किसानले साढे दुई सयसम्म प्रतिकेजी मूल्य पाएका छन्,’ उनले भने ।

किसानले बिक्री गरेको मूल्यमा प्रतिकिलो १ सय रुपैयाँ बढीमा उपभोक्ताले कुखुराको मासु खरिद गर्न पाउने चल्ला, दाना, कुखुरा र कोल्ड स्टोर व्यवसायीबीच भद्र सहमति छ । तर, अहिले किसानले बेचेभन्दा डेढ सय रुपैयाँ बढी मूल्यमा उपभोक्ता मूल्य तोकिएपछि किसानहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

दुई महिनाअघिबाट देशका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिन थालेको छ । बर्डफ्लुको त्रासले किसानले अहिले नयाँ चल्ला खोरमा नहालेको र तराईका किसानबाट काठमाडौंमा कुखुरा आपूर्ति भइरहेको संघको भनाइ छ । माग बढी तर आपुर्ति कम भएकोले पनि कुखुराको मासुको मूल्य बढेको हो ।

Share News