
काठमाडौं । देवः विकास बैंकले बहादुरगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमबीच कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले उक्त शाखाको औपचारिक उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रजत प्रताप शाहले कृष्णनगर क्षेत्रको आर्थिक विकासमा बैकसँग हातेमालो गरी स्थानीय श्रोत परिचालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी क्यासलेस कारोबारलाई बढाउन देवः भिसा कार्डको प्रयोग गर्दा ३ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउन लागेको जानकारी दिएका छन् ।
साथै, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आन्तरिक पर्यटनको प्रबद्र्धनका लागि सेवाग्राहीहरुलाई निःशुल्क भिसा डेविट कार्ड र ई बैंकिङ्ग सेवा उपलब्ध गराइने जानकारी दिएका छन् ।