
काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १४ औं नाडा अटो शो आइतबार सकिएको छ । उक्त नाडा अटो शोमा ८१ हजार अवलाेकनकर्ताले अवलोकन गरेको नाडाले जाकारी दिएको छ । नाडा अटो शोमा ९५ वटा ब्राण्डका १ सय ६० स्टलहरुको सहभागिता रहेको थियो ।
पहिलो दिन १० हजार, दोस्रो दिन १३ हजार, तस्रो दिन १४ हजार ८ सय, चौथो दिन १५ हजार ५ सय, पाँचौ दिन २० हजार र छैटौ दिन ८ हजारले नाडा अटो शोको अवलोकन गरेकाे नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । ८१ हजार आगन्तुकहरु मध्येबाट ओमेगा अटोमोबाइल्सले प्रायोजन गरेको जी पी एक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटर साइकल ०१२३३१ नम्बर टिकट भएका उपहार पाएका छन् ।
समापन समारोहमा लक्ष्मी ल्युव आयलको टोटल ल्युबको स्टल उत्कृष्ठ स्टल घोषित भएको छ । त्यस्तै दुइपांग्रेतर्फ हंसराज हुलासचन्द एण्ड कम्पनीको केटिएम बाइक तथा चारपांग्रेमा युनाइटेड ट्रेडर्स सिन्डिकेटको टोयोटाको स्टललाई घोषणा गरिएको छ ।
कार्यक्रममा नाडाका अध्यक्ष दाहालले नाडाको अध्यक्षको रुपमा आफ्नो कार्यकाल यही पुसमा सकिने भन्दै नाडा अटोशो २०२० आयोजना गर्ने नयाँ नेतृत्वलाई अग्रिम शुभकामना समेत दिए ।