नाडा अटो शोः ‘एक पटक चार्ज गरेपछि ४ सय किलोमिटर गुड्ने कारमा अवलोकनकर्ताको चासो’

<p>काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डमा शुरु भएको नाडा अटो शोमा महेन्द्रा, टाटा, सुजुकी, बीवाइडी, ससाङयोङ, हुन्डाइ र इसुजुले नयाँ कार सार्वजनिक गरेका छन् । बीवाइडी कम्पनीले सार्वजनिक गरेको एमथ्री र ई सिक्स विद्युतीय गाडीले अवलोकनकर्ताको ध्यान खिचेको छ । यो गाडी फास्ट चार्जरले चार्ज गर्दा २ घण्टा फूल चार्ज हुने र ४०० किमि गुड्ने कम्पनीले [&hellip;]</p>

काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डमा शुरु भएको नाडा अटो शोमा महेन्द्रा, टाटा, सुजुकी, बीवाइडी, ससाङयोङ, हुन्डाइ र इसुजुले नयाँ कार सार्वजनिक गरेका छन् ।

बीवाइडी कम्पनीले सार्वजनिक गरेको एमथ्री र ई सिक्स विद्युतीय गाडीले अवलोकनकर्ताको ध्यान खिचेको छ । यो गाडी फास्ट चार्जरले चार्ज गर्दा २ घण्टा फूल चार्ज हुने र ४०० किमि गुड्ने कम्पनीले जनाएको छ ।

बीवाइडीका बिजनेश डेभलपमेन्ट एक्जुकेटिभ लुजाह मर्हजनले उक्त गाडी चार्ज गर्न ८० युनिट बिजुली खर्च हुने जानकारी दिए । साथै एक पटक पूरा चार्ज गर्दा ४ सय किलो मिटर गुड्ने उनले बताए । कम्पनीले इ सिक्सको मूल्य ६६ लाख छ भने एमटीको मूल्य ४९ लाख रुपैयाँ तोकेको छ ।

त्यस्तै नाडा अटो शोमा इसुजु ब्राण्डले ४४ लाख ९० हजारको डिम्याक्स पिकअप ट्रक नेपाली बजारमा ल्याएको छ । यो गाडी टु होल्ड ड्राइभ हो । इसुजुका म्यानेजिङ ड्राइरेक्टर दीपकराज गिरीले नयाँ गाडीको ३ वर्षको ग्यारेन्टी रहेको जानकारी दिए । उक्त ट्रकको च्यासिस बलियो र लोड पनि धेरै बोक्न सक्छ । यो सय वर्ष पुरानो ब्राण्ड हो । नेपालको भूगोलमा सुहाउँदो छ ।

नाडा अटो शोमा कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी ससाङयोङ मोटर्सले मुस्सो ग्राण्डमा ससाङयोङको नयाँ सुट लन्च गरेको छ । ससाङयोङकी सेल्स अप्रेशन म्यानेजर सृष्टी मानन्धरले कारको सुरुवाती मूल्य रु. ७३ लाख ९९ हजार रहेकोे जानकारी दिइन् ।

ससाङयोङले एक वर्षको बीमा, एक वर्षको सवारी कर, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर र २५ हजार सम्मको एसेसरिज सुविधा दिने जनाएको छ ।

यसैगरी, टाटाले नाडा अटो शोमा एच फाईव प्रर्दशनीमा राखेको छ । उक्त गाडी मंगलबार लञ्च भएको हो । टाटाका हेड प्यासेन्जर भेइकल्स सावन्तजंग सिजापतिले यो गाडीको मूल्य ५६ लाख ५५ हजारबाट बिक्री शुरु भएको बताए । ७.१ किलोमिटरको माइलेन्ज दिन्छ । हाइक्लिरियन्स २०५ मिमि रहेको छ ।

यता, महिन्द्राले ‘एक्सीवी थ्री डबल ओ’ र ‘मराजो’ गाडी नाडा प्रर्दशनीमा राखिएको छ । यी गाडीको मूल्य क्रमशः ३९ लाख ७५ हजार रुपैयाँ र ५६ लाख ५० हजार रुपैयाँसम्म राखिएको छ ।

महिन्द्राका भेइकल्स सेल्स डिपार्टमेन्ट सन्तोष कार्कीले नाडा अटो शोको अवसरमा ग्राहकहरुलाई ५० हजार रुपैयाँसम्म छुट दिइने व्यवस्था रहेको बताए । २ वर्ष ग्राहकहरुले मर्मत सुविधा समेत प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यी गाडी पहिलो दिनमा नै आठ ओटा बुकिङ भएको छ । नेपाली बजारमा महिन्द्राको स्कार्पिओ, बोलेरो जस्ता गाडीहरु समेत संचालनमा छन् ।

हुण्डाईले भेन्यू कार पनि नाडा अटो शोमा प्रर्दशनीमा राखेको छ । भेन्यू कार नेपाली बजारमा गत बिहीबार नै सार्वजनिक गरेको थियो । भेन्यू कारको मूल्य ३४ लाख ९६ हजारदेखि ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हुन्डाईका स्टलहरुमा अवलोकनकर्ताहरुको आकर्षण रहेको जेनेरल म्यानेजर रुपेश शर्मा भटट्ले बताए ।

यसैगरी अटो शोमा सुजुकीले नयाँ ३ मोडलका गाडी प्रर्दशनीमा राखेको छ । सिआज, आरटीका र एसक्रस अटो शो मार्फत सार्वजनिक गरेको हो । यी कारहरु स्मार्ट हाइब्रिड मोडलमा उपलब्ध छन् । सुजुकीका सिनियर मार्केटिङ म्यानेजर करण चौधरीले सिआजको ३८ लाख २९ हजार,
आरटीकाको मूल्य ३८ लाख ९९ हजार र एसक्रसको मूल्य ४२ लाख तोकेको जानकारी दिए । यी कारमा डुअल(डबल) ब्याट्री रहेको छ । कारमा ब्रेक लगाउँदा (काइनेटिक) शक्तीले चार्ज बढ्छ ।

पेट्रोल कारमा विद्युतले समेत सर्पोट गर्दछ । ब्रेक लगाउँदा (काइनेटिक) शक्तीले चार्ज बढ्छ । पेट्रोल कारमा विद्युतले समेत सर्पोट गर्छ । गाडी मूल्य सस्तो र वातावरण अनुकुल रहेको कम्पनीले जनाएको छ ।

Share News