दुगड ग्रुप अन्तरगतको विवेक अटोमोबाइल्सले थाइल्याण्डमा मनायो वार्षिकोत्सव

<p>काठमाडौँ । नेपालमा पियाजियो थ्री ह्विलर्सको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले आफ्नो पहिलो वार्षिकोसत्वको उपलक्ष्यमा देश बाहिर पहिलो अन्तराष्ट्रिय कन्फरेन्स सम्पन्न गरेको छ । थाइल्याण्डको पट्टाया शहरमा सम्पन्न कन्फरेन्समा ४६ ब्रान्च तथा डिलरहरुलाई संलग्न गराइएको थियो । कार्यक्रममा ५ उत्कृष्ट बिधाहरुमा अवार्ड समेत दिईएको थियो । कार्यक्रममा बेस्ट डिलर रिजन अवार्ड, [&hellip;]</p>

काठमाडौँ । नेपालमा पियाजियो थ्री ह्विलर्सको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले आफ्नो पहिलो वार्षिकोसत्वको उपलक्ष्यमा देश बाहिर पहिलो अन्तराष्ट्रिय कन्फरेन्स सम्पन्न गरेको छ ।

थाइल्याण्डको पट्टाया शहरमा सम्पन्न कन्फरेन्समा ४६ ब्रान्च तथा डिलरहरुलाई संलग्न गराइएको थियो । कार्यक्रममा ५ उत्कृष्ट बिधाहरुमा अवार्ड समेत दिईएको थियो । कार्यक्रममा बेस्ट डिलर रिजन अवार्ड, बेस्ट ब्रान्च रिजन अवार्ड, १०० क्लब अवार्ड, अपकमिङ स्टार अवार्ड र गोर्खाली अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ ।

उक्त अवार्ड एमभि दुगडका उपाध्यक्ष विवेक दुगड, डाईरेक्टर उर्भि दुगड, पियाजियो भेहिकल प्रालि ईण्डियाका उपाध्यक्ष सूधान्सु अग्रवाल, निर्यात बिक्री म्यानेजर दिपककुमार र हेड अफअपरेसन विजय महत्तोले हस्तान्तरण गरे ।

तीन पाङ्ग्रेले हिमाल, पहाड र तराईलाई जोडेको हुँदा यसप्रति हरेक नेपालीको आत्मियता गासिएको र आगामी दिनहरुमा यस्तै थप कार्यक्रमहरुका साथ एमभि दुगड ग्रूप अग्रसर रहने उपाध्यक्ष विवेक दुगडले बताए ।

Share News