
काठमाडौं । पछिल्लो समयमा गाडी कर्जा (अटोलोन) विस्तार भएको छ । यस्तै सेयर कर्जा भने घटेको छ । चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाको गाडी अटोलोनमा २.१ प्रतिशतले विस्तार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा अटोलोन १.४ प्रतिशत मात्र बढेको थियो । चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ५३ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९ करोड ८७ लाख रुपैयाँ मात्र अटोलोन प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको कुल १ खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ अटोकर्जा प्रवाह भएको छ ।
अटोलोन विस्तार भइरहदा सेयर कर्जामा भने गिरवाट आएको छ । चालु आर्थिक वर्षको भदौसम्म सेयर कर्जा ०.९ प्रतिशतले घटेको छ । २ महिनामा ३८ करोड ७५ लाख रुपैयाँ मात्र सेयर कर्जा भएको केन्द्रीय बैंकले जनाएको छ ।