बैंकले दिने अटोलोन ५० प्रतिशत घट्यो, अब के होला अटो व्यवसाय ?

<p>काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) भएपछि यसको असर सवारीसाधन कर्जा (अटोलोन) मा परेको छ । क्रेडिट क्रन्च भएपछि पछिल्ला वर्ष अटोमा बैंकको लगानी घटेको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थाको सवारी क्षेत्रमा हुने लगानी ५० प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३९ अर्ब २४ करोड रुपैयाँ सवारीसाधनमा लगानी [&hellip;]</p>

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) भएपछि यसको असर सवारीसाधन कर्जा (अटोलोन) मा परेको छ । क्रेडिट क्रन्च भएपछि पछिल्ला वर्ष अटोमा बैंकको लगानी घटेको छ ।

गत असारसम्म बैंक तथा वित्तीय संस्थाको सवारी क्षेत्रमा हुने लगानी ५० प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३९ अर्ब २४ करोड रुपैयाँ सवारीसाधनमा लगानी भएको थियो । गत आर्थिक वर्षमा घटेर २१ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष १४.५ प्रतिशतले मात्र अटोलोन वृद्धि भएको छ । अघिल्लो वर्ष सवारीसाधन कर्जा ३५.५ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले अटो लोनलाई सुरक्षित र बढी नाफा हुने क्षेत्रका रुपमा लिने गरेका छन् । व्यवसायिक प्रयोजनका लागि सवारीसाधनमा १८ अर्ब र व्यक्तिगत प्रयोजनका लागि ३ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । हालसम्म १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।बैंकिङ प्रणालीमा क्रेडिट क्रन्च भएपछि पछिल्लो २ वर्षमा बैंकले गाडी खरिदमा दिने कर्जा घट्दै गएकाले यो वर्ष पनि यो व्यवसायका लागि शुभ संकेत देखिएको छैन् ।

अटो लोन खुम्चिदै गएपनि नेपाली बजारमा नयाँ कम्पनीको प्रवेश भएको छ ।  मंगलबार मात्रै वेलायतमा बनेको एमजी मोटर्सको नयाँ गाडी सार्वजनिक गरिएको छ । नेपालमा टाटा, हुण्डाइ, मारुती सुजिकी, डाट्सन, होण्डा, टोयटा, निसान, मित्सुविसी, इसीजी, किया, सेभरले, स्कोडा र भग्वागसनलगायत ब्राण्डका गाडी बढी बिक्री हुने गरेका छन् ।

केन्द्रीय बैंकले निजी सवारी साधन खरिद गर्दा मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाउने व्यवस्था गरेको छ । राज्यलाई बढी कर तिर्ने सवारी साधन क्षेत्रलाई राष्ट्र बैंकले अनुत्पादक भनेको छ । ९० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले लगानी गर्दै आएकोमा त्यसलाई घटाएर ५० प्रतिशतमात्र गर्न पाउने व्यवस्था गरेको छ ।

Share News