सवारीसाधान र घरजग्गामा बैंकको लगानी घट्यो, अटोमा मात्रै १४३ प्रतिशत गिरावट

<p>काठमाडौं । सवारी साधान (अटो) र घरजग्गा (रियलस्टेट) कर्जा लगानीमा व्यापक गिरावट आएको छ । गत वर्ष जस्तै यो वर्ष पनि बैंकसंग लगानीयोग्य पुँजीको अभाव भएपछि अटो र रियलस्टेट कर्जा लगानी घटेको हो । नेपाल राष्ट्र बैंकले सेयर, सवारी र रियलस्टेट क्षेत्रमा भएको लगानी अनुत्पादक भन्दै प्राथमिकता नदिएपछि लगानी घटेको हो । अटोलोन १४३ प्रतिशत [&hellip;]</p>

काठमाडौं । सवारी साधान (अटो) र घरजग्गा (रियलस्टेट) कर्जा लगानीमा व्यापक गिरावट आएको छ । गत वर्ष जस्तै यो वर्ष पनि बैंकसंग लगानीयोग्य पुँजीको अभाव भएपछि अटो र रियलस्टेट कर्जा लगानी घटेको हो ।

नेपाल राष्ट्र बैंकले सेयर, सवारी र रियलस्टेट क्षेत्रमा भएको लगानी अनुत्पादक भन्दै प्राथमिकता नदिएपछि लगानी घटेको हो । अटोलोन १४३ प्रतिशत घटेको छ । यस्तै रियलस्टेटतर्फको कर्जा लगानी ३१ प्रतिशत घटेको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले १६ अर्ब ५६ करोड रुपैयाँ अटोलोन प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ४० अर्ब २८ करोड रुपैयाँ अटोलोन प्रवाह भएको थियो । एक वर्षको अवधिमा २३ अर्ब ७१ करोड अटो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी घटेको हो ।

गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले व्यवसायीक सवारी खरिदमा १४ अर्ब ८० करोड र व्यक्तिगत गाडी खरिदमा १ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ मात्र प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । कर्जा संकुचन भएपछि अटोको बजार पनि घटेको छ ।

चालु आवको बैशाखसम्म रियलस्टेटमा बैंक तथा वित्तीय संस्थाले १३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेका छन् । गत आवको सोही अवधिमा यस्तो कर्जा १८ अर्ब २५ करोड रुपैयाँ लगानी भएको थियो । यो वर्ष ४ अर्ब ३२ करोड रुपैयाँ घटेको छ । कर्जा लगानीमा आएको कमीले घरजग्गा कारोबार पनि घटेको छ ।

 

Share News