सेयर बजार १७.१५ अंकले घट्यो, इमर्जिङमा सकारात्मक सर्किट

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजार १७.१५ अंकले घटेको छ । मंगलबार सेयर बजार १७.१५ अंकले घटेर परिसुचक २६५०.९७ बिन्दु कायम भएको छ ।

मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिद बिक्रिीबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा बैंकिङ समूहको ११.७८, विकास बैंक १२.९१, वित्त ११.४२, जलविद्युत ४५.३६, जीवन बीमा १०२.७४, उत्पादन तथा प्रशोधन १०४.४१, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.४९ अंकले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ६७.३३ अंकले बढेको छ ।

मंगलबार इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले बढी नै गुमाएका छन् ।

इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ। कम्पनीको सेयर मूल्य घटेर १६२६ रुपैयाँमा आएको छ।