५५ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमै सीमित

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । आइतबार सेयर बजार ५५ अंकले घटेको छ । निरन्तर आरालो यात्रामा रहेको सेयर बजार आज ५५.९३ अंकले घटेर २५७७.४९ अंकमा कायम भएको हो ।

आइतबार कुल ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर खरिद बिक्रीबाट कुल ४ अर्ब ११ करोड ३८ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।