सेयर बजार ४० अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । बुधबार सेयर बजार ४०.२६ अंक घटेको छ ।

बुधबार सेयर बजार १.३७ प्रतिशतले घटेर २८८९.०३ अंकमा सीमित भएको हो ।

आज १ करोड ५ लाख ५७ हजार कित्ता सेयर खरिद बिक्रीबाट कुल ५ अर्ब ३५ करोड ८० लाख रुपैयाँ कारोबार भएको छ । सेयर बजारमा दैनिक कारोबार रकम कम हुँदै गएको छ ।