आइतबार बढी कारोबार गर्नेको शीर्ष स्थानमा एनसीसी, दोश्रोमा कुमारी बैंक

  २०७८ वैशाख २६ गते ३:३७       विकासन्युज

काठमाडौं । आइतबारको बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा ६७ करोड रुपैयाँले घटी हो ।

पछिल्लो कारोबार अर्थात गत बिहीबारको बजारमा कूल ६ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

आइतबार कूल २१९ कम्पनीको एक करोड २७ लाख कित्ता सेयर ६ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
जसमध्ये बढी कारोबार गर्नेको शीर्ष दुई स्थानमा दुबै वाणिज्य बैंक रहेका छन् । सबैभन्दा बढी एनसीसी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन २८ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै, कुमारी बैंकको २८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३६५ र ३२० रुपैयाँ रहेको छ ।

आइतबारको बजार समग्रमा १८.४९ अंकले घटेर २६१८.६३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशतले घटी हो ।

घटेको बजारमा दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । समता घरेलु लघुवित्तको ९.९९ प्रतिशत र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ ।

त्यसैगरी, महिला लघुवित्तको १० प्रतिशत, बिशाल बजारको ९.९९ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९.५६ प्रतिशत र यूनियन हाइड्रोपावरको सेयर मूल्य ९.२४ प्रतिशतले घटेको छ ।