बुधबार अधिकांश हाइड्रोका लगानीकर्ताको सम्पत्ति ९ प्रतिशतले बढ्यो

  २०७८ वैशाख २२ गते ३:४९       विकासन्युज

काठमाडौं । बुधबारको बजारमा १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये अधिकांश हाइड्रो कम्पनी रहेका छन् ।

कूल २१८ कम्पनीको कारोबार भएको बजारमा कूल १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । जसमध्ये १३ वटा हाइड्रो कम्पनी रहेका छन्, २ लघुवित्त र १ बिशाल बजार कम्पनी रहेको छ ।

उकालो लागेकामध्ये रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, छ्याङ्दी हाइड्रोको ९.९७, यूनियन हाइड्रोपावरको ९.८०, जोशी हाइड्रोपावरको ९.७२, बरुण हाइड्रोपावरको ९.७२, राधी विद्युत कम्पनीको ९.७१, खानीखोला हाइड्रोपावर कम्पनीको ९.४९, घलेम्दी हाइड्रोको ९.४७, अरुण खोला जलविद्युत कम्पनीको ९.४३, नाङ्दी ग्रुप पावरको ९.३८ र लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.०१ प्रतिशतले बढेको छ ।

लघुवित्तमध्ये महिला लघुवित्तकको ९.९८ प्रतिशतले र समता घरेलू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७४६२ रुपैयाँ पुगेको छ ।

बुधबार सेयर मूल्य बढेका २० कम्पनी

समग्रमा बुधबारको बजार सामान्य अंक ५.०९ अंकले घटेर २६४९ बिन्दुमा झरेको छ । मंगलबारको तुलनामा कारोबार रकम भने बढेको छ । मंगलबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार भने ६ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनीको २३ करोड ६९ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ ।