नेप्से घट्दा कारोबार रकम बढ्यो, ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

  २०७८ वैशाख २० गते ३:२५       विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन उकालो लागेको परिसूचक आज १२.३६ अंकले घटेर २६५२.७५ बिन्दुमा पुगेको हो । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले कम हो ।

कारोबार खुल्ने बित्तिकै उकालोको बाटो तय गरेको परिसूचकले निरन्तरता पाउन सकेन । उतारचढाव देखिएको सोमबारको बजार अन्ततः १२ अंकले ओरालो लाग्यो ।

बजारमा परिसूचकमा गिरावट देखिएपनि कारोबार रकममा भने सुधार भएको छ । सोमबारको बजारमा ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा १६ करोड रुपैयाँले बढी हो । आइतबारको बजारमा ७ अर्ब ३६ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो ।

सोमबार २१६ कम्पनी कारोबारमा आएका थिए । जसमध्ये अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको ३९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साथै, कम्पनीले हिजो मात्रै दोश्रो चरणमा हकप्रद सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सोमबार ५ कम्पनीको सेयर मूल्य बढेको छ । बिशाल बजार कम्पनी, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, ङदी ग्रुप पावर र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

बजारमा सबैभन्दा बढी हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य ३.५८ प्रतिशतले बढेर प्रतिकित्ता ३७७ रुपैयाँमा झरेको छ ।