नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम ४ अर्बमा सीमित

  २०७८ वैशाख १५ गते ३:२६       विकासन्युज

काठमाडौं । मंगलबार उच्च अंकले बढेको बजार बुधबार पुनः दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबारको नेप्से परिसूचक १३.७९ अंकले घटेर २५८५ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५३ प्रतिशतले कमी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । सो दिनको बजारमा कारोबार रकम ३ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ । जबकी मंगलबारको बजारमा ५ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

२१५ कम्पनीको कारोबार भएको बुधबारको बजारमा सबैभन्दा बढी एनसीसी बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा १२ रुपैयाँ अर्थात ३.६६ प्रतिशतले बढेको छ ।

बुधबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिशाल बजार र महिला लघुवित्त वित्तीय संस्था दुबैको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर क्रमशः ४६३६ रुपैयाँ र २८४१ रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी पोखरा फाइनान्सको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ६.१५ प्रतिशतले घटेर प्रतिकित्ता २९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बजारमा तीन समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक, अन्य समूह र ट्रेडिङ्ग समूह हरिया देखिएका छन् भने बाँकी राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १४९ बिन्दुले घटेको छ ।