नेपाल बैंकको उच्च कारोबार, निफ्रा र चन्द्रागिरीसहित ७ कम्पनीकाे सेयर मूल्य साढे ९% बढीले बृद्धि

  २०७७ फाल्गुन ९ गते ३:२१       विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा कूल ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकाे छ । सो दिन कूल २०७ कम्पनीको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर पौने ९ अर्ब रुपैयाँ बढीमा किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ६१ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हाे । साे दिन बैंककाे अन्तिम कारोबार प्रतिकित्ता ४६० रुपैयाँमा भएको छ । जुन अघिल्लाे दिनकाे तुलनामा प्रतिकित्ता २१ रूपैयाँ अर्थात ४.७८ प्रतिशतले बढी हाे ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) रहेको छ । बैंकको एकैदिन ५५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आइतबारको नेप्से परिसूचक सामान्य अंकले बढेर २६४०.३५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३.६६ अंकले बढी हो ।

आइतबारको बजारमा सूचीकृत विभिन्न ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये २ हाइड्रोको मूल्यमा सर्किट लागेको छ भने बाँकीको साढे ९ प्रतिशत बढी अर्थात सर्किट लेभलमा किनबेच भएको हो ।

आइतबार कारोबार खुलेको २ घण्टाको अवधिमै अपर तामाकोशी हाइड्रोपावर र शिवश्री हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । जसमध्ये अपर तामाकोशीको सेयर मूल्य बढेर प्रतिकित्ता ५३९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ४९ रुपैयाँले बढी हो । आइतबार कम्पनीको कूल २२ करोड ४४ लाख रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, शिवश्री हाइड्रोको सेयर मूल्य १७ रुपैयाँले बढेर प्रतिकित्ता १८७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले बढी हो ।

त्यस्तै, निफ्राको सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । गत बिहीबारको तुलनामा आइतबार कम्पनीको सेयर मूल्य ५४ रुपैयाँले बढेर प्रतिकित्ता ६०० रुपैयाँ पुगेको छ ।

नेपाल हाइड्रो डेभलपर्सको ९.८२, चन्द्रागिरी हिल्सको ९.८०, समृद्धि फाइनान्स कम्पनीको ९.७७ र एनआईसी एशिया ब्यालेन्सड फण्डको सेयर मूल्य ९.७५ प्रतिशतले बढेको छ ।

यी मध्ये हालै साधारण सेयर बिक्री गरेको दोश्रो बजारमा कारोबार शुरु गरेको चन्द्रागिरी हाइड्रोको सेयर मूल्य अघिल्लो दिनको तुलनामा आइतबार २४ रुपैयाँले बढेर प्रतिकित्ता २६९ रुपैयाँ पुगेको छ ।