सोमबार १९९ कम्पनीको सेयर मूल्य बढ्यो, ३७ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७७ फाल्गुन ३ गते ३:५७       विकासन्युज

काठमाडौं । आइतबारको तुलनामा सोमबारको बजारमा १९९ कम्पनीको सेयर मूल्य बढेको छ । सो दिन कूल २०५ कम्पनीको कारोबार भएको बजारमा १९९ कम्पनीका लगानीकर्ताले कमाएका हुन् । र, बाँकीले अघिल्लो दिनको तुलनामा सामान्य गुमाएका छन् ।

कमाउनेमा पनि ३७ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत वा सोभन्दा बढी कमाएका छन् । त्यसमध्ये पनि ११ कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा उछालः ९२ अंकले बढ्यो नेप्से, १० अर्बमाथिको कारोबार हुँदा सबैभन्दा बढी निर्धन उत्थानको

सबैभन्दा बढी कमाउनेमा अघिकांश लघुवित्तका लगानीकर्ता रहेका छन् ।

यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा बढी 

त्यस्तै, उच्च अंकले बढेको बजारमा पनि ६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । उनीहरुले अघिल्लो कारोबारको तुलनामा सामान्य गुमाएका छन् । त्यसमध्ये सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य घटेको छ । कम्पनीको एकैदिन ४.०३ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको हो ।

त्यस्तै, सानिमा बैंक डिबेन्चर, एनआईसी एशिया डिबेन्चर २०८१/८२, एभरेष्ट बैंक कन्भेरेन्स प्रिफेरेन्स सेयर, १०.२५ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८३/८४ र रैराङ्ग हाइड्रोको सेयर मूल्य सामान्य प्रतिशतले घटेको हो ।

साेमबार गुमाउने ६ कम्पनी