सेयर बजारमा उछालः ९२ अंकले बढ्यो नेप्से, १० अर्बमाथिको कारोबार हुँदा सबैभन्दा बढी निर्धन उत्थानको

  २०७७ फाल्गुन ३ गते ३:३०       विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा उछाल आएको छ । राष्ट्र बैंकले आइतबार गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले पुँजीबजारलाई असर पर्ने कुनै पनि व्यवस्था नगरेकोले सेयर बजार उकालो लागेको हो ।

उछाल आएसँगै सोमबारको नेप्से परिसूचक नयाँ उचाईमा पुग्न सफल भएको छ । नेप्से अघिल्लो दिनको तुलनामा ९२.४२ अंक(३.७१ प्रतिशत) ले बढेर २५८६.०१ अंकमा पुगेको छ । जुन नेपालको इतिहासकै उच्च बिन्दु हो । यसअघिको कारोबारमा परिसूचक उक्त बिन्दुमा पुग्न सकेको थिएन ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५.३३ अंकले बढेर ४६९.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३.३७ प्रतिशतले बढेको हो ।

आइतबारको तुलनामा परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिनको बजारमा २०५ वटा कम्पनीको कूल १० अर्ब ३८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा बढी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ७० करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता १५९३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, सबैभन्दा बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन ६८ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता १३२१ रुपैयाँ भएको हो ।

बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूमा उछाल आएको छ । उक्त समूह सबैभन्दा बढी अर्थात ६९७ अंकले बढेर १८७५९ बिन्दुमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा ४४७ अंकले, माइक्रोफाइनान्स ३७०, उत्पादनमूलक १५९ अंकले बढेको छ । म्युचुअल फण्ड समूह सबैभन्दा कम ०.१८ अंकले उकालो लागेको छ ।

कसले कमाए ? कसले गुमाए ?

सोमबार १९९ कम्पनीको सेयर मूल्य बढ्यो, ३७ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी