सेयर बजार ५० अंकले बढ्दा ९ अर्ब बढीको कारोबार, यी ४ कम्पनीले कमाए १० प्रतिशत

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । आइतबार सेयर बजार ५०.२० अंकले बढेर २४२४.८४ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि बिहीबार ३१.८७ अंकले बढेर २३७४.६४ बिन्दुमा पुगेको थियो ।

आज कारोबार रकम पनि बढेको छ । आज एकैदिन ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

आज चार कम्पनीले १० प्रतिशत नाफा गरेका छन् । पोखरा फाइनान्स लिमिटेड, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिडेट, गुराँस लाइफ इन्स्योरेन्स कमपनी र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत नाफा गरेका हुन् ।