नेप्से पौने २४०० बिन्दुमा, ७ अर्ब ७९ करोडको कारोबार, लगानीकर्ताको आकर्षण नेपाल लाइफमा

  २०७७ माघ ८ गते ३:२३       विकासन्युज

काठमाडौं । बिहीबारको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक पौने २४०० बिन्दुमा पुगेको छ । तीव्र उतारचढाव भएको बजारमा परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ बिन्दुमा पुगेको हो ।

जुन नेपालको पुँजीबजारको इतिहासकै उच्च बन्दु हो । यसअघि हिजो बुधबार(माघ ७ गते) मात्रै परिसूचक २३४२ बिन्दुमा पुगेर रेकर्ड राखेको थियो । तर उक्त रेकर्डलाई बिहीबारको बजारले तोडेर नयाँ रेकर्ड राख्न सफल भएको छ ।

बजारमा परिसूचकसँग कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबारको बजारमा एकैदिन ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जबकी बुधबारको बजारमा ६ अर्ब २१ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो ।

२०९ कम्पनीको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ५३ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । जसको सेयर मूल्य बढेर प्रतिकित्ता २९०८ रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३ रुपैयाँले बढेको हो ।

बिहीबार दुई समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । बैंकिङ्ग र म्युच्युअल फण्ड समूह सामान्य अंकले घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ५४० अंकले बढेको छ ।

बिहीबार बढी कमाउने कम्पनीहरू

सो दिन सबैभन्दा बढी सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।