नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा, बढी कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि

  २०७७ माघ ७ गते ३:३६       विकासन्युज

काठमाडौं । मंगलबार सामान्य घटेको बजार बुधबार दोहोरो अंकले बढेको छ । सेयर बजारमा नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।

यसअघि गत सोमबार मात्रै परिसूचक २३३२ बिन्दुमा पुगेर पुँजीबजारको इतिहासमा नयाँ रेकर्ड राखेको थियो । तर, उक्त रेकर्डलाई बुधबारको बजारले तोड्न सफल भएको छ ।

बजारमा कूल २११ कम्पनीको ६ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६१ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २८८५ रुपैयाँ पुगेको छ । जुन मंगलबारको तुलनामा ७.२९ अर्थात १९६ रुपैयाँले बढी हो । अघिल्लो दिन कम्पनीको अन्तिम सेयर कारोबार प्रतिकित्ता २६८९ रुपैयाँमा भएको थियो ।

१५ कम्पनीले कमाए ९ प्रतिशत बढी

बजारमा कूल १५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । जसमध्ये सबैभन्दा बढी बेष्ट फाइनान्सको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता १७७ रुपैयाँ पुगेको छ ।