प्रभु लाइफ इन्स्योरेन्ससहित ६ कम्पनीको सेयर मूल्यमा सर्किट

  २०७७ पौष २६ गते ३:१३       विकासन्युज

काठमाडौं । आइतबार प्रभु लाइफ इन्स्योरेन्ससहित ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उच्च अंकले बढेको आइतबारको बजारमा प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बाँकी ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको हो ।

प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत अर्थात १९ रुपैयाँले बढेको हो । प्रतिकित्ता १९० रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य आइतबार बढेर प्रतिकित्ता २०९ रुपैयाँ पुगेको छ ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६९५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ६३ रुपैयाँले बढी हो ।

आजैदेखि कारोबार फुकुवा भएको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको पनि सर्किट लेभलमा सेयर कारोबार भएको छ । संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता ८११ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ७३ रुपैयाँ अर्थात ९.८९ प्रतिशितले बढी हो ।
त्यस्तै, कुमारी बैंकको सेयर मूल्य ९.८९ प्रतिशतले बढेर प्रतिकित्ता २८९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, यूनाईटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि सर्किट लेभलमा कारोबार भएको छ । दुबै कम्पनीको सेयर मूल्य क्रमशः ९.८८ प्रतिशत र ९.८३ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता २६७ र २५७ रुपैयाँ पुगेको छ ।