बुधबार १० कम्पनीको सेयर मूल्यमा सर्किट, कुन कुनको ?

  २०७७ मार्ग १० गते ४:०३       विकासन्युज

काठमाडौं । बुधबार विभिन्न १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जसमध्ये एनएमबि माइक्रोफाइनान्स कम्पनी र बिशाल बजार कम्पनीका सेयरधनीले १०⁄१० प्रतिशत कमाएका छन् । यससँगै यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता क्रमशः ९९० र ३९५० रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे लाभांश घाेषणा गरेकै दिन एनएमबि माइक्रोफाइनान्सकाे सेयर मूल्यमा सर्किट लागेकाे हाे ।

त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ९.९६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ९.९२, अजोड इन्स्योरेन्सको ९.९१ र शिवम सिमेन्टको ९.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यसैगरी, बजारमा आँखुखोला जलविद्युत कम्पनीको ९.७७, न्याङ्दी ग्रुप पावरको ९.६८, शिवश्री हाइड्रेपावरको ९.६८ र मल्टी प्रपर्स फिनान्सको सेयर मूल्य ९.५८ प्रतिशतले बढेको छ ।

उच्च वृद्धि भएको बजारमा कूल २२ कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । लक्ष्मी इक्वीटी फण्डका इकाईधनीले सबैभन्दा धेरै अर्थात ३.६८ प्रतिशतले गुमाएका छन् ।

बुधबार बढी कमाउने १० र गुमाउने १० कम्पनी

रेकर्ड ब्रेक गर्ने तरखरमा नेप्सेः एकैदिन ६४ अंकले बढ्यो, अधिकांश समूहमा छायाे हरियाली