दशैंअघिको सेयर बजारः नेप्से सामान्य अंकले बढ्दा २ अर्बको कारोबार

  २०७७ कार्तिक ६ गते ४:०९       विकासन्युज

काठमाडौं । दशैंअघिको सेयर बजार सामान्य अंकले बढेको छ । दशैंअघिको अन्तिम दिन(कार्तिक ६ गते)को कारोबारमा नेप्से परिसूचक ८.५४ अंकले बढेर १६०६ अंकमा पुगेको छ ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९१ अंकले बढेर ३१८ अंकमा पुगेको छ ।

बजारमा करिब २ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभर १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता एक अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.८९ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ८९ रुपैयाँ पुगेको छ । नेपाल फाइनान्सको सेयर मूल्य ९.८६ प्रतिशतले प्रतिकित्ता २०८ रुपैयाँ पुगेको छ ।