राेक्का भएकाे तीन हाइड्रोको सेयर कारोबार पुनः शुरु, क-कसले बुझाए वार्षिक शुल्क ?

  २०७७ कार्तिक ४ गते ११:१९       विकासन्युज

काठमाडौं । दोश्रो बजारमा रोक्का भएको तीन वटा हाइड्रोपावर कम्पनीको सेयर कारोबार पुनः शुरु भएको छ ।

गत आइतबार (अर्थात कात्तिक २ गते) देखि रोक्का भएको नेपाल हाइड्रो डेभलपर्श, हिमाल दोलखा हाइड्रोपावर कम्पनी र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर काराेबार आज(कात्र्तिक ४ गते) देखि पुनः शुरु भएको हो ।

यी कम्पनीले वार्षिक शुल्क बुझाएपछि नेप्सेले यिनीहरुको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

नेप्सेले वार्षिक शुल्क नबुझाएको भन्दै गत आइतबारदेखि यी तीन कम्पनीसहित २५ कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।

सेयर काराेबार राेक्का भएका २५ कम्पनी

जसमध्ये हालसम्म ५ वटा कम्पनीले वार्षिक शुल्क बुझाएका छन् । नेप्सेका अनुसार हिमालयन डिष्टिलरी, मल्टीपर्पस फाइनान्स र यी तीन हाइड्रो गरी ५ वटा कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।

बाँकी २० कम्पनीले भने हालसम्म वार्षिक शुल्क बुझाएका छैनन् ।