नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम ९८ करोड ९० लाखमा सीमित

  २०७७ कार्तिक ३ गते ३:४७       विकासन्युज

काठमाडौं । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार सोमबार भने दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सोमबारको परिसूचक १३.५८ अंकले बढेर १५७० अंकमा पुगेको छ ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६२ अंकले बढेर ३१० अंकमा पुगेको छ ।

सोमबारको बजारमा कारोबार रकम भने घटेको छ । पछिल्ला दिनमा एक अर्ब माथिको सेयर कारोबार हुने बजारमा सोमबार जम्मा एक अर्ब नजिकको सेयर कारोबार भएको छ । बजारमा १८९ कम्पनीको ३३ लाख ५३ हजार कित्ता सेयर ९७ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अपी पावरको ४ करोड २ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, सोमबार ट्रेडिङ् समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९९ अंकले उकालो लागेको छ । ट्रेडिङ् समूह भने सामान्य अंक १.६९ अंकले ओरालो लागेको छ ।

बजारमा ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी जनरल इन्स्योरेन्स कम्पनी नेपालको सेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता ४४४ रुपैयाँ पुगेकोे छ ।