नेप्सेले रोक्का गरेको दुई कम्पनीको सेयर कारोबार पुनः शुरु

  २०७७ कार्तिक ३ गते १०:४०       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले रोक्का गरेको हिमालयन डिष्टिलरी र मल्टीपर्पस फाइनान्सको सेयर कारोबार पुनः शुरु भएको छ । वार्षिक शुल्क बुझाएपछि दुई कम्पनीको सेयर कारोबार पुनः शुरु भएको हो ।

नेप्सेले वार्षिक शुल्क नबुझाएको भन्दै सूचीकृत २५ कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । जसमध्ये हालसम्म यी दुई कम्पनी (हिमालयन डिष्टिलरी र मल्टीपर्पस फाइनान्स) ले वार्षिक शुल्क बुझाएका छन् । यससँगै, उनीहरूकाे दोश्रो बजारमा कारोबार शुरु भएको छ ।

नेप्सेमा सुचीकृत कम्पनीले हरेक वर्ष आफ्नो कम्पनीको नविकरण गर्नुपर्छ । यसरी शुल्क नबुझाएको भन्दै कार्तिक २ गते मात्र २५ कम्पनीको कारोबार रोक्का गरेको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २४ बमोजिम बुझाउनु पर्ने वार्षिक शुल्क नबुझाएका २५ कम्पनीको नाम सार्वजनिक गरी सेयर कारोबार रोक्का गरेको छ ।

धितोपत्र सुचीकरण विनियमावली अनुसार ५० करोड रुपैयाँ बराबरको सेयर सुचीकृत कम्पनीले नविकरण शुल्क वार्षिक ५० हजार रुपैयाँ र त्यसभन्दा धेरै चुक्ता पुँजी भएका कम्पनीले एक लाख रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ ।

वार्षिक शुल्क नबुझाउने २५ कम्पनीः