लाभांश घाेषणा गरेसँगै सानिमा बैंककाे उच्च काराेबार, होटल बाहेक सबै समूह राताम्मे

  २०७७ असोज २८ गते ३:४९       विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज(असाेज २८ गते बुधबार) ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६१.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६६ ले घटेर ३०९.७५ मा पुगेको छ ।

कूल १९५ कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता सेयर एक अर्ब ४९ करोड रुपैयाँमा खरिद बिक्री भए ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये होटल उपसमूहको मात्रै सेयर उकालो लागेको छ । होटल उपसमूह २.३८ ले उकालो लाग्दा बैंकिङ ३.५९, व्यापार ३.७३, विकास बैंक ४१.९१, जलविद्युत् १६, वित्त १०.९, जीवन बीमा २२.०८, उत्पादन २२.३३, अन्य ५.९, लघुवित्त ५.३२, जीवन बीमा ३३.५१ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले ओरालो लागेको छ ।

लाभांश घोषणा गरेकै दिन सानिमा बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन सात करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, नेपाल बैंकको छ करोड नौ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको पाँच करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चार करोड ९४ लाख रुपैयाँ, अरुण काबेली पावरको चार करोड ३६ लाख रुपैयाँ र ज्योति विकास बैंकको तीन करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मूल्यका आधारमा जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल फाइनान्स ९.७५, नेपाल हाइड्रो डेभलपर ५.२२, गणपति माइक्रोफाइनान्स २.५८७, नबिल समृद्धि फण्ड २.०६ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै घलेम्दी हाइड्रोपावर ७.२६, अपि पावर कम्पनी ५.९१, बरुण हाइड्रोपावर ५.९१, छ्याङदी हाइड्रोपावर ५.७०, रिडी हाइड्रोपावर ५.५६ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाए ।