नेप्से दोहोरो अंकले घट्दा ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि

  २०७७ असोज २२ गते ४:०३       विकासन्युज

काठमाडौं । बिहीबारको नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । लगातार उकालो लाग्दै आएको बजारमा आज साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ मा झरेको छ ।

बुधबार नेप्से उकालो लागेर एक हजार ६०० को बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज १.६५ ले घटेर ३१४.७४ मा झरेको छ । कूल १९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर दुई अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर उकालो लाग्दा नौ उपसमूहको सेयर भने ओरालो लागेको छ । वित्त ३१.७२, लघुवित्त ०.८५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै बैंकिङ ८.१७, व्यापार २.३७, होटल ३१.०४, विकास बैंक २०.९९, जलविद्युत् ४४.५७, निर्जिवन बीमा ७४.३१, उत्पादन १३.३५, अन्य ५.९२ र जीवन बीमा २४.१६ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज अरुण काबेली पावर नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेशनल हाइड्रोपावर १० करोड ३७ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावर ८ करोड ९७ लाख रुपैयाँ, कुमारी बैंकको आठ करोड ६० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको सात करोड १८ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको छ करोड ९९ लाख रुपैयाँ र शिवम् सिमेन्टको छ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

मल्टीपर्पोज फाइनान्स कम्पनी १०, कर्णाली डेभलपमेन्ट बैंक ९.७९, समृद्धि फाइनान्स ९.७२, गुर्खाज फाइनान्स ९.४०, ग्रिन डेभलपमेन्ट बैंक ८.९७, रिलायन्स फाइनान्स ८.८२, गुह्यश्वरी फाइनान्स ८.८२ र बेस्ट फाइनान्सका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ७.०८, पाँचथर पावर ६.८६, लिवर्टी इनर्जी ६.७५, पाँचथर पावर कम्पनी ६.५५, अरुण काबेली पावर ६.३७ र अपि पावर कम्पनीका लगानीकर्ताले ५.८८ प्रतिशतले गुमाए ।