३१ कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि, कसकाे मूल्य कति ?

  २०७७ असोज २१ गते ३:४५       विकासन्युज

काठमाडौं । बुधबारको बजारमा ३१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । जसमध्ये २४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लाग्नेको अग्रस्थानमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, साञ्जेन जलविद्युत कम्पनी र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बुधबारको नेप्से परिसूचकले १६०० अंक पार गरेको छ । जुन गत ७ महिना यताकै उच्च बिन्दु हो । गत फागुन १८ गते नेप्से परिसूचक १६२० अंकमा पुगेको थियो । मंगलबारको तुलनामा बुधबारको परिसूचक १४.६८ अंकले बढेर १६००.९८ अंकमा पुगेको हो ।

बजारमा कूल ३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कूल १९५ कम्पनीको एक करोड २६ लाख कित्ता सेयर किनबेच भएको हो ।

बजारमा ५ वटा कम्पनीको १० करोड रुपैयाँ माथीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण काबेली पावरको १५ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १३ करोड ५१ लाख, सानिमा माई हाइड्रोपावरको ११ करोड १० लाख, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १० करोड ८८ लाख र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको मूल्य ३.११ प्रतिशतले घटेको छ ।

यी कम्पनीकाे जसकाे सेयर मूल्य ९ प्रतिशत बढीले बढ्याे 

अपडेटः नेप्से परिसूचक ७ महिना यताकै उच्च बिन्दुमा, पार गर्याे १६०० अंक