सेयर बजारमा उछाल, पाैने ४ अर्ब बराबरकाे काराेबार, ४५ कम्पनीका सेयर मूल्य ९ प्रतिशत बढीले बढ्यो

  २०७७ असोज १ गते ३:५६       विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजारमा उछाल आएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको छ ।
बजार खुलेदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक ३०.७८ अंकले बढेर १५७२ अंकमा पुगेको छ । जुन मंगलबारको तुलनामा २ प्रतिशतको वृद्धि हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७ अंकले बढेर ३१२ अंकमा पुगेको छ ।

बजारमा कूल १९१ कम्पनीको एक करोड ३२ लाख १८ हजार ६ सय ९९ कित्ता सेयर ३ अर्ब ७२ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ९८ लाख कित्ता सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ८ सय ७६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंक र चिलिमे हाइड्रोपावर कम्पनीको क्रमशः १२ करोड ६३ लाख र १० करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका मध्ये निर्जीवन बीमा समूह सामान्य अंकले घटेको छ भने बाँकी सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी होटल समूह १६१ अंकले बढेको छ ।

बजारमा अधिकांश समूहको सेयर मूल्य बढेको छ । ४५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटल र हिमाल दोलखा हाइड्रोपावर कम्पनी र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बिहीबार कमाउने केही कम्पनीहरू, कसले कति कमाए ?