सामान्य अंकले बढेको बजारमा दर्जनौं कम्पनीको मूल्यमा लाग्यो सकारात्मक सर्किट

  २०७७ भाद्र ३१ गते ३:३५       विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधबार ५.३६ अंकले बढेर १५४१.४० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३५ प्रतिशतको वृद्धि हो ।

बुधबारको बजारमा एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा कूल एक सय ९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ८ सय ८४ रुपैयाँ रहेको छ ।

त्यस्तै, कारोबारमा आएका १२ समूह मध्ये बैंकिङ्ग बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी होटल समूह १४२ अंकले बढेको छ । त्यस्तै, जीवन बीमा ७२, हाइड्रोपावर ५४, निर्जीवन ४२, ट्रेडिङ् २० अंकले उकालो लागेका छन् । बैंकिङ समूह भने ४.५८ अंकले ओरालो लागेको छ ।

बुधबारको बजारमा दर्जनौं कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । घलेम्दी हाइड्रो, बरुण हाइड्रोपावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, एनआरएन लघुवित्त वित्तीय संस्था, रिलायन्स लाइफ इन्स्योरेन्स, यूनाईटेड मोदी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, सोल्टी होटल, न्याङ्दी ग्रुप पावर, रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तारागाउँ रिजेन्सी होटल, जोशी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

बुधबार कमाउनेकाे अग्रस्थानमा रहेका कम्पनीहरूः