२०७७ भाद्र २९ गते १:५७ विकासन्युज
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको सोमबार मात्रै १५ प्रतिशत अर्थात एक लाख ५८ हजार ७ सय ९२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा अपडेट हुने छ र दोश्रो बजारमा कारोबार हुने छ ।
यो समाचार तयार पार्दासम्म संस्थाको सेयर मूल्य घटेर ७ सय ९७ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १८ रुपैयाँ घटी हो ।
१२ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको बजार पुँजीकरण ९९ करोड २१ लाख रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.