समस्याको बावजुद सेयर बजार उकालो, ३ अर्ब ३७ करोडको कारोबार

  २०७७ भाद्र २८ गते ५:४३       विकासन्युज

काठमाडौं । सेयर कारोबार प्रणालीमा आएको समस्याको बावजुद आइतबारको नेप्से परिसूचक उकालो लागेको छ । अघिल्लो कारोबारको तुलनामा सो दिनको नेप्से परिसूचक १६.५६ अंकले बढेर १५३७.२५ अंकमा पुगेको हो ।

गत बिहीबार जस्तै आज कारोबार शुरु भएको केही अवधिमै अनलाइन प्रणाली टिएमएसमा समस्याका देखिएको थियो । समयमा टीएमएस नखुल्नु र खरिद(बिक्री आदेश प्रविष्ट गरेका लगानीकर्ताहरुको आदेश आफैँ दोहोरो तेहोरो हुन जाने जस्ता समस्याहरु देखिएको थियो । यस्तो समस्या देखिएपछि नेप्सेले सेयर कारोबार नै केही समयको लागि स्थगित गरको थियो ।

यससँगै समस्या समाधान भएसँगै दिउँसो २ः१५ देखि सेयर कारोबार पुनः सुचारु भयो । साथै, सेयर कारोबारको समय साँझ ५ः१५ सम्म खुला गरेको थियो । यो अवधिमा नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले बढेर ३०३.९७ अंकमा पुगेको छ ।

त्यस्तै, कारोबार रकममा पनि सुधार भएको छ । दिनभरको बजारमा ३ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । १९१ कम्पनीको ७१ लाख ७९ हजार कित्ता सेयर खरिद बिक्री भएको हो । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको २४ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ८ सय ९८ रुपैयाँ पुगेको छ ।

आइतबार कारोबारमा आएका मध्ये तीन समूह राताम्मे भएका छन् भने बाँकी सबै समूह हरिया देखिएका छन् । ट्रेडिङ्ग, फाइनान्स र म्युचअल फण्ड समूह ओरालो लागेका हुन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ३२५ अंकले बढेको छ ।

कमाउनेकाे अग्रस्थानमा रहेका १० कम्पनीः