साधना लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

  २०७७ श्रावण २१ गते १:०५       विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) आज (साउन २१ गते)नेप्सेमा सूचीकृत भएको छ । संस्थाको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै बिहीबार भोलि (साउन २२ गते) देखि संस्थाको एसडीएलबीएसएल सिम्बोलबाट दोश्रो बजारमा सेयर कारोबार हुने छ ।

दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले संस्थाको प्रतिकित्ता न्युनतम एक सय ३० रुपैयाँ र अधिकतम ३ सय ९० रुपैयाँ तोकेको छ ।