माहुली लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७७ श्रावण १३ गते २:००       विकासन्युज

काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । मंगलबारमात्रै (साउन १३ गते) संस्थाको २ लाख ४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।