सिटिजन्स बैंकको ४६ लाख कित्ता सेयर सूचीकृत

  २०७७ श्रावण ११ गते १:१५       विकासन्युज

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकको ४६ लाख ७६ हजार २ सय ५ कित्ता सेयर सूचीकृत भएको छ । सहयोगी विकास बैंकलाई प्राप्ती पश्चात बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

८ करोड ६२ लाख २१ हजार कित्ता सेयर सूचीकृत भएको कम्पनीको सेयर मूल्य दुई सय एक रुपैयाँ रहेको छ । जसको बजार पुँजीकरण १७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।