चार लघुवित्तको साढे ४६ लाख कित्ता बोनस सेयर सूचीकृत, कसकाे कति ?

  २०७७ श्रावण ८ गते २:४६       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार वटा लघुवित्त वित्तीय संस्थाको ४६ लाख ६१ हजार ३५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै स्पर्श लघुवित्त वित्तीय संस्था, समता लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये डिप्रोक्स लघुवित्तको सबैभन्दा बढी सेयर नेप्सेमा थपिएको छ । संस्थाको २३ लाख २० हजार २ सय ३१ कित्ता अर्थात ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, साना किसानको २१ लाख ४१ हहजार ९ सय ४५ कित्ता अर्थात २७.२५ प्रतिशत बोनस सूचीकृत भएको छ ।

त्यसैगरी, स्पर्श लघुवित्तको एक लाख ७ हजार ८ सय ५१ कित्ता(१३ प्रतिशत) र समता लघुवित्तको ९१ हजार ८ अर्थात ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, उक्त सेयर दाेश्राे बजारमा किनबेच गर्न पाइने भएकाे छ ।