दुई फाइनान्सको बोनस सेयर सूचीकृत

  २०७७ आषाढ़ २८ गते १२:४७       विकासन्युज

काठमाडौं । आइतबार दुई फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मञ्जुश्री फाइनान्स र यूनाईटेड फाइनान्सको गरी कूल ४ लाख ४३ हजार ८ सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये यूनाईटेड फाइनान्सको बढी रहेको छ । फाइनान्सको ३ लाख ३ हजार एक सय ५५ कित्ता अर्थात ३ प्रतिशत बोनस नेप्सेमा थपिएको हो ।

त्यस्तै, मञ्जुश्री फाइनान्सको १.७५ प्रतिशत अर्थात एक लाख ४० हजार ७ सय १० कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।