आधा घण्टा नबित्दै तीन लघुवित्तको सेयर मूल्यमा लाग्यो सर्किट

  २०७७ आषाढ़ २८ गते १२:०१       विकासन्युज

काठमाडौं । आइतबार कारोबार शुरु भएको आधा घण्टा नबित्दै तीन वटा लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सो दिन स्वरोजगार लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको हो ।

जसमध्ये स्वरोजगार लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ९ सय ३७ रुपैयाँ पुगेको छ । करिब ३० मिनेटमै संस्थाको सेयर मूल्य प्रतिकित्ता ८५ रुपैयाँले बढेको छ । पछिल्लो कारोबार अर्थात गत बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ८ सय ५२ रुपैयाँ थियो ।

त्यस्तै, दाेश्राे बजारमा काराेबार शुरू भएकाे पहिलाे दिन जस्तै दाेश्राे दिन पनि एनआईसी एशिया लघुवित्तकाे सेयर मूल्यमा सर्किट लागेकाे छ । आइतबार प्रतिकित्ता ३ सय ६४ रुपैयाँदेखि कारोबार शुरु भएको संस्थाको सेयर मूल्य सो अवधिसम्म ३६ रुपैयाँले बढेर प्रतिकित्ता ४ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी, वोमी माइक्रोफाइनान्सको सेयर मूल्य ९.७५ प्रतिशत अर्थात ९२ रुपैयाँले बढेर प्रतिकित्ता एक हजार ३६ रुपैयाँ पुगेको छ ।

सम्बन्धित सामाग्रीः

एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा लाग्यो सर्किट, प्रतिकित्ता कति पुग्याे ?