एनआईसी एशिया लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार?

  २०७७ आषाढ़ २४ गते १:४७       विकासन्युज


काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) असार २४ गते(आज) नेप्सेमा सूचीकृत भएको छ । गत शनिबार मात्र बाँडफाँड भएको संस्था सेयर चार दिनमै नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाको एक करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै लगानीकर्ताले बिहीबार भोलि(असार २५ गते) देखि संस्थाको एनआईसीएलबीएसएल सिम्बोलबाट दोश्रो बजारमा सेयर कारोबार हुने छ ।

दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले संस्थाको प्रतिकित्ता न्युनतम एक सय १० रुपैयाँ र अधिकतम ३ सय ३१ रुपैयाँ तोकेको छ ।