नेप्से उकालो लाग्ने क्रम जारी, यी कम्पनीको सेयर मूल्यमा लाग्यो पोजेटिभ सर्किट

  २०७७ आषाढ़ २३ गते ३:२०       विकासन्युज

काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी रहेको छ । साताको शुरुदेखि उकालो लागेको नेप्से परिसूचक मंगलबार पनि ३७.९३ अंकले बढेर एक हजार ३ सय ३६ अंकमा पुगेको छ । जुन सोमबारको तुलनामा २.९२ प्रतिशतले बढी हो ।

बजारमा एक अर्ब २१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । करिब ४ घण्टा खुलेको बजारमा १ सय ७८ कम्पनीको कूल २८ लाख ८३ हजार ९ सय ४८ कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ९ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ६० लाख, हिमालयन डिष्टिलरीको ५ करोड ८६ लाख र एनएमबि बैंकको ५ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन १९ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले बढेर सकारात्मक सर्किट लागेको छ । जसमध्ये ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मञ्जुश्री फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटल र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, सूर्योदय लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, मिथिला लघुवित्त वित्तीय, संस्था, सोल्टी होटल, युनाईटेड इन्स्योरेन्स कम्पनी, फष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, गुहृश्वरी मर्चेन्ट बैंक, सिभिल लघुवित्त र मेरो माइक्रोफाइनान्सको सेयर मूल्य ९.५ प्रतिशत भन्दा बढीले बढेको छ ।