एभरेष्ट बैंक सहित दुई लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७७ आषाढ़ २३ गते २:४२       विकासन्युज

काठमाडौं । मंगलबार एभरेष्ट बैंक सहित दुई लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । एकैदिन एभरेष्ट बैंक, उन्नति लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको गरी कूल ४८ लाख ३४ हजार एक सय ७२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

जसमध्ये एभरेष्ट बैंकको ४० लाख ३३ हजार ४ सय ३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, उन्नति लघुवित्तको ३ लाख ४० हजार ७ सय ४१ र स्वदेशी लघुवित्तको ४ लाख ६० हजार कित्ता बोनस मंगलबार नेप्सेमा सूचीृकत भएको हो ।