प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

  २०७७ आषाढ़ १९ गते १०:४८       विकासन्युज


काठमाडौं । शुक्रबार प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ सय ७१ रुपैयाँ रहेको छ । यसअघि कम्पनीको सेयर मूल्य ५ सय ३० रुपैयाँ थियो ।

काठमाडौंको हात्तिसारमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको बजार पुँजीकरण १० अर्ब ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, चुक्ता पुँजी २ अर्ब रुपैयाँ बढी रहेको छ ।