चार कम्पनीको ४३ लाख कित्ता बोनस सेयर सूचीकृत

  २०७७ आषाढ़ १८ गते ३:०२       विकासन्युज

काठमाडौं । बिहीबार विभिन्न ४ कम्पनीको ४३ लाख ८१ हजार २ सय ७० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।

सानिमा माई हाइड्रोपावर, सिन्धु विकास बैंक, आरएसडीसी लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सको गरी सो मात्राको बोनस नेप्सेमा थपिएको हो ।

जसमध्ये सानिमा माई हाइड्रोको २३ लाख २१ हजार कित्ता र सिन्धु विकास बैंकको ५ लाख ७४ हजार २ सय ८७ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, आरएसडीसी लघुवित्तको ३ लाख ८० हजार एक सय ७ र सिर्जना फाइनान्सको ११ लाख ५ हजार ८ सय ७६ कित्ता बोनस थपिएको हो ।